Conference
तेस्रो गैरआवासीय नेपाली विश्व सम्मेलन
१५ -१७ अक्टोवर, २००७ (२८-३० असोज २०६४)
काठमाडौं, नेपाल
परिचय
विश्वको जुनसुकै कुनामा रहे/बसे पनि नेपालीहरु आफ्नो मातृभूमिलाई कहिल्यै विर्सन सक्तैनन् । त्यसैले विदेशमा रहेका नेपालीहरुलाई संगठित गर्दै संजाल निर्माण गर्ने र नेपालका बन्धु बान्धवसंग सम्पर्क स्थापित गर्ने उद्देश्य सहित गैरआवासीय नेपालीहरुको पहिलो विश्व सम्मेलन सन् २००३ को ११ देखि १४ अक्टोवरमा काठमाडौंमा सम्पन्न भएको थियो । त्यस सम्मेलनले गैरआवासीय नेपाली समुदाय माझ अभूतपूर्व उत्साह जगायो र नेपालको श्रीबृद्धिका लागि अझ बढी योगदान गर्न प्रोत्साहित गर्यो । उक्त सम्मेलनको व्यापक सफलताले गैरआवासीय नेपाली संघको स्थापना गर्ने ऐतिहासिक निर्णय
लिन प्रेरित गर्यो । त्यसैगरी प्रत्येक दुई वर्ष नेपालमा गैरआवासीय नेपाली विश्व सम्मेलन र समय समयमा नेपाल बाहिर क्षेत्रीय सम्मेलन गर्ने निर्णय
भयो । यस्ता सम्मेलनले समकालीन नेपाल र गैरआवासीय नेपालीहरुका खास चासोका विषयमा छलफल गर्ने एवं नेपालको सामाजिक-आर्थिक रुपान्तरणमा गैरआवासीय नेपालीहरुको सहभागितालाई अझै कसरी बृद्धि गर्ने भन्ने विषयमा नेपाली समाज र नेपाल सरकारका प्रतिनिधिहरुसंग अन्तरक्रिया गर्ने विशेष अवसर प्रदान गर्दछ ।

यिनै आघारभूत सफलताको पृष्ठभूमिमा गैरआवासीय नेपाली अभियानलाई अझ माथिल्लो तहमा
पुर्याउने उद्देश्यका साथ गैरआवासीय नेपालीहरुको तेस्रो विश्व सम्मेलन १५ देखि १७
अक्टोबर २००७ (२८ देखि ३० असोज २०६४) मा काठमाडौंमा आयोजना हुदैछ । सम्मेलनको पहिलो
दुई दिन गैरआवासीय नेपालीका विशेष चासोका विषयहरुमा आम छलफल र तेस्रो दिन संगठनको
आन्तरिक विषयहरुमा विचार विमर्श गर्न निर्धारित गरिएको छ । करिव ६०० (चार सय भन्दा
बढि गैरआवासीय नेपाली ) जनाको सहभागिता रहने अपेक्षा गरिएको यो सम्मेलनले संघको
बिधानको पहिलो संशोधन पारित गर्ने र आगामी दुई वर्षका लागि संगठनको नयाँ नेतृत्व
चयन गर्ने छ ।
सम्मेलनको मूल विषय
गैरआवासीय नेपालीहरुको आदर्श वाक्य
नेपालीका लागि नेपाली रहिआएको छ । नेपालमा हालसालै आएको ऐतिहासिक परिवर्तनको सन्दर्भमा अब स्थापना हुने शासन प्रणालीका महत्वपूर्ण पक्षहरु र नयाँ पद्धतिमा मुलुकलाई सहज अवतरण गराउन गैरआवासीय नेपालीहरुले कसरी सहयोग गर्न सक्छन् भन्ने विषयमा सम्मेलन केन्द्रित रहने छ । यस सम्मेलनले मुलुकमा भइरहेको परिवर्तनका सर्न्दर्भमा विदेशमा रहेका नेपालीहरुको स्थान र भूमिका प्रष्ट पार्ने अपेक्षा लिएको छ । त्यसैले यस सम्मेलनको मुख्य विषय
विश्वभरीका नेपालीः राष्ट्र निर्माणमा भूमिका र योगदान प्रस्ताव गरिएको छ ।
उद्देश्य
यस सम्मेलनले निम्न उद्देश्यहरु परिपूर्ति गर्ने अपेक्षा गरिएको छः
- "नयाँ नेपाल" को अवधारणाको सर्न्दर्भमा गैरआवासीय नेपालीहरुको भूमिका र सम्भाव्य योगदान पहिचान गर्ने ।
- नेपालको नयाँ राजनीतिक नेतृत्व र नेपाली समाजलाई विदेशमा रहेका नेपालीका समस्या र अपेक्षा अवगत गराउने ।
- गैरआवासीय नेपाली अभियानका चुनौतीहरुको पहिचान गर्ने र यस अभियानलाई अगाडि बढाउन मार्गचित्र तयार पार्ने ।
सहभागिता
यस सम्मेलनमा सबै गैरआवासीय नेपालीहरु (गत आर्थिक वर्षमा १८२ दिन भन्दा बढी नेपाल बाहिर बिताएका नेपाली राहदानी वाहकहरु र नेपाली मूलका विदेशी नागरिकहरु तथा उनीहरुका परिवार), यस संघको उद्देश्यमा सहयोग गर्न इच्छा राख्ने नेपालका विदेशी मित्रहरु र गैरआवासीय नेपालीहरुसंग सहकार्य गर्न उत्सुक नेपाली मित्रहरु यस सम्मेलनमा सहभागी हुन सक्नेछन ।
नेपाली मित्रहरु एवं नेपालका विदेशी मित्रहरुले सम्मेलनको मुख्य (संगठनको आन्तरिक वैठकमा बाहेक) सत्रहरुमा मात्र सहभागी हुन पाउनेछन् ।
नाम दर्ता (Registration)
सम्मेलनमा दर्ताका आधारमा मात्र सहभागी हुन पाइनेछ । पहिले नाम दर्ता गराउनेले सहभागी हुने पहिलो अवसर पाउनेछन । सहभागी हुन चाहनेहरुले सम्मेलनको सचिवालयमा नाम दर्ता गराउन सक्दछन् । नाम दर्ता गराउने फारम संघको औपचारिक वेभसाइट http://www.nrn.org.np मा पनि उपलब्ध छ ।
नाम दर्ता शुल्क गैरआवासीय नेपालीका लागि १०० अमेरिकी डलर र नेपालीका लागि रु. ६,५००।- तोकिएको छ । १ सेप्टेम्वर २००७ (१५ भदौ २०६४) भन्दा पहिले रकम भुक्तानी गरी नाम दर्ता गराउनेका लागि १० प्रतिशत छुटको ब्यवस्था गरिएको छ । गैरआवासीय नेपाली संघको वेभसाइट http://www.nrn.org.np मार्फत अनलाइन दर्ता अथवा राष्ट्रिय समन्वय परिषदको माध्यमबाट पनि नाम दर्ता गराउन सकिनेछ । सिधै सचिवालयमा वा अनलाइन नाम दर्ता गराउनेहरुको नाम सम्वन्धित देशको समन्वय परिषदमा आवश्यक सूचना र समन्वयका लागि पठाइनेछ ।
आयोजक
पहिलो र दोस्रो गैरआवासीय नेपाली विश्व सम्मेलनको परम्परालाई कायम राख्दै यस पटक पनि सम्मेलन नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैर आवासीय नेपाली संघ बाट संयुक्त रुपमा आयोजना हुँदैछ । सम्मेलन आयोजनाका लागि नेपाल सरकारले माननीय परराष्ट्र मन्त्रीको संयोजकत्वमा एक उच्चस्तरीय आयोजक समिति गठन गरेको छ । २३ जना सदस्य रहेको यस समितिमा राष्ट्रिय योजना आयोग, विभिन्न मन्त्रालयका सचिव, कार्यालय प्रमूख, नेपाल उद्योग वाणिज्य महासंघ, गैरआवासीय नेपाली संघ र निजी क्षेत्रका संघ संस्थाका अध्यक्ष एवं पदाधिकारीहरुको समेत संलग्नता छ । आवश्यक परेको खण्डमा अन्य संस्थाका प्रतिनिधि एवं विशेषज्ञहरुलाई समितिमा आमन्त्रित गर्न सक्ने व्यवस्था छ । गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशकलाई आयोजक समितिको सदस्य सचिव तोकिएको छ ।