(२०६५ भाद्र ११)
 ०७ : ५१ am
articles/publications | discussion forum | related links | contact  

Home
NRN Association
Conferences
Activities
National Coordination Council
Projects
Downloads
Regional Conference 2008
About Nepal
Diaspora News



News Update:  1. गैर आवासीय नेपाली संघका अध्यक्षको राष्ट्रपति र प्रधान मंत्री संग भेट र पूर्वी नेपालका बाढि पिडितलाई सहयोग     2. एनआरएनको मलेशिया राष्ट्रिय समन्वय परिषद पुनर्गठन     3. युरोप स्तरिय गैरआवासिय नेपाली राष्ट्रिय समन्वय परिषदहरु तथा समन्वय परिषदमा युरोपिय मुलुकको प्रतिनिधित्व गर्ने सदस्यहरुको संयुक्त भेला, अन्टवेरपेन, बेल्जियम     4. NRNA-NCC Ireland holds its 1st General Assembly     5. एनआरएन हङकङमा नयाँ कार्य समिति गठन     



Regional NRN Conference » Decision

दोस्रो गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनका निर्णयहरु

 

जर्मनी, नेपाल, अमेरिका, अष्ट्रेलिया, अष्ट्रिया, कतार, क्यानडा, बेलायत, बेलारुस, बेल्जियम, जापान, दक्षिण कोरिया, पोर्चुगल, फ्रान्स, म्यानमार, नेदरल्याण्ड, साइप्रस, हङ्कङ्, रुस, संयुक्त अरब एमिरात लगायत २० देशका करिब १ सय ७० नेपालीहरुको उपस्थिति रहेको जर्मनीको बोन सहरमा ४ जून २००६ (२० र २१ जेष्ठ, २०६३) मा सफलतापूर्वक सम्पन्न दोस्रो गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन एवं गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद्को वैठकले निम्न अनुसारका निर्णयहरु गरेको : 

 

. नेपालमा हालै भएको ऐतिहासिक राजनीतिक परिवर्तनको हार्दिक स्वागत गर्दै देशको सर्वाङ्गीण विकास, स्थायी शान्ती संविधान सभाको सफलताको कामना एवं यसका लागि सम्पूर्ण गैरआवासीय नेपालीहरुबाट आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त

 

. संविधान सभामा विश्वभरका १४ लाख नेपालीहरुको भावनाको उचित प्रतिनिधित्व हुनु पर्ने सम्मेलनका सहभागीहरुको चाहना अनुसार संविधान सभा निर्वाचनमा गैरआवासीय नेपालीहरुलाई समेत मतदान गर्न पाउने व्यवस्थाका लागि पहल गरिने

 

. दोस्रो गैरआवासीय नेपाली सम्मेलनले दिएका सुझावहरुलाई समेटेर सरकारले यथाशीघ्र गैरआवासीय नेपाली सम्बन्धी कानून ल्याउन अनुरोध

 

. वैदेशिक रोजगारका क्षेत्रको समस्या संभावनाको अध्ययन गर्न सदस्यीय कार्यदल स्थापना गर्ने कार्यदलले विदेशमा रोजगारीका नयाँ संभावनाको खोजी, वीमा सुरक्षासम्बन्धी चेतना अभिबृद्धि, सहुलियत ब्याजदरमा वाणिज्य बैंकबाट ऋणका लागि पहल वैदेशिक रोजगारमा रहेका नेपालीहरुको समस्या समाधानका लागि सुझाव तयार गर्ने

 

. दोस्रो गैरआवासीय नेपाली विश्व सम्मेलनद्वारा जारी घोषणापत्रमा उल्लेखित प्रतिबद्धताहरुको प्रगतिको मुल्यांकन गर्दै कार्यान्वयन अझ प्रभावकारी बनाउन:

 

·    देशका ७५ जिल्लामा स्थानीय समुदायको सहभागितामा शिक्षा, स्वास्थ्य, खानेपानी लगायत आधारभुत क्षेत्रमा कम्तीमा एक-एक परियोजना संचालन गर्ने कार्यक्रम अन्तरगत प्रारम्भिक चरणमा २० जिल्लामा परियोजना संयोजक तोकिएको संयोजकहरुले तीन महिनाभित्र परियोजनाको विस्तृत विवरण अन्तर्रराष्ट्रिय समन्वय परिषद् (आइसीसी) समक्ष पेस गर्नु पर्ने

 

·    नेपाल लगानी कोष स्थापनाका लागि पहिलो चरणमा गैरआवासीय नेपाली दिवस (११ अक्टुबर २००६) भित्र दश मिलियन अमेरिकी डलर बराबरको पब्लिक कम्पनी दर्ता गरी कम्पनीको विधान व्यवासायिक योजना विश्वभरका नेपालीहरुमाझ पुर्‍याएर एक सय मिलियन अमेरिकी डलर बराबरको कोष बनाउन पुर्वाधार तयार गरिने ।

 

·    काठमाडौं पुस्तकालयको पूर्वाधार विकासका लागि आर्थिक तथा प्राविधिक सहयोग दिने

 

·    नेपालीहरुले विदेशमा आर्जेको शीप ज्ञानलाई स्वदेशको विकासमा उच्चतम उपयोगका लागि नलेज बैंक स्थापना गर्ने निर्णय भए अनुसार राष्ट्रिय समन्वय परिषद्हरुको सहयोगमा स्कील डाइरेक्टरीलाई अझ प्रभावकारी बनाइने

 

·    जापान सरकारले विश्वका अतिकम विकसित ५० भन्दा बढी मुलुकमा  एक गाउँ एक उत्पादन कार्यक्रम संचालन गर्न दिने आर्थिक सहयोग नेपालमा ल्याउन सरकार, नेपाल उद्योग वाणिज्य महासंघ जापान सरकारसँग समेत समन्वयका लागि संयोजक नियुक्त

 

. नेपालको भौतिक पूर्वाधार विकासमा सहयोग पुर्‍याउने गैरआवासीय नेपाली संघको उद्देश्य अनुरुप देशको विद्युत मागलाई पूर्ति गर्न आंशिक सहयोग पुग्ने गरी करिब तीन अर्ब रुपैंयाको लगानीमा पूर्वी नेपालको इलाम जिल्लामा २० मेगावाट क्षमताको माइखोला जलविद्युत आयोजना निर्माण हुने

 

. पूर्व गोर्खा सैनिकहरुले बेलायती नागरिकता पाउन थालेपछि दोहोरो नागरिकता सम्बन्धी कानूनी प्रावधान नहुँदा नेपालमा भएको सम्पत्ति बिक्री गरी विदेशमा बसोबास गर्दा भौतिक भावनात्मक सम्बन्धमा ह्रास आउनुका साथै विप्रेषण पनि घट्ने भएकाले दोहोरो नागरिकताका लागि पहलका लागि समिति गठन

 

. औपचारिक माध्यमबाट विप्रेषण प्रवाहका लागि धेरै गैरआवासीय नेपाली भएका देशहरुमा नेपाली बैंकहरुको विस्तार गर्नुका साथै हुण्डी निरुत्साह तथा बैंकिङ प्रणाली प्रोत्साहनका लागि सरकारलाई सुझाव दिइने ।

 

. फर्पिङमा प्रख्यात गायिका आनी छोइङ डोल्माद्वारा संचालित बौद्ध भिक्षुणी सेवा संघलाई दश लाख रुपैंया सहयोग  

 

१०. दोस्रो गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनलाई सफलतापूर्वक संचालन गर्नका लागि सहयोग गर्नु हुने सम्पूर्ण प्रायोजक, समर्थक राष्ट्रिय समन्वय परिषद्हरु मुख्य गरी राष्ट्रिय समन्वय परिषद् जर्मनीलाई विशेष धन्यवाद दिइएको

 

 

 

४ जून २००६

बोन, जर्मनी




Announcements



© 2005-2008 NRNA, FNCCI

Developed by Yomari

Best viewed in 1024 x 768