Second Global NRN Conference » Kathmandu Declaration
दोस्रो गैरआवासीय नेपाली विश्व सम्मेलनद्वारा जारी काठमाडौं घोषणा
दुइ बर्षअघि सम्पन्न पहिलो गैर आवासीय नेपाली विश्व सम्मेलनका उपलब्धीहरुबाट प्रेरणा
लिई दोस्रो बिश्व सम्मेलन आज मिति २३ असोज २०६२ -९ अक्टुवर २००५) मा सफलतापर्ूबक
सम्पन्न भई काठमाडौं घोषणा-पत्र जारी गरिएको छ ।
-
श्री ५ को सरकारबाट नेपालको र्सवाङ्गण्िा विकासमा गैरआवासीय नेपालीहरुको
योगदानकालागी सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धताको यो सम्मेलन स्वागत गर्दछ ।
-
गैरआवासीय नेपाली सम्बन्धी अध्यादेश-२०६२' जारी गरिएकोमा सम्मेलन त्यसको स्वागत
गर्दछ । सम्मेलनका सुझाब समेतको आधारमा आवश्यक सुधार गर्ने श्री ५ को सरकार
प्रतिवद्धता ब्यक्त गर्दछ ।
-
गैरआवासीय नेपालीको दोस्रो बिश्व सम्मेलनले नेपालको आर्थिक बिकासमा प्रत्यक्ष सहयोग
पुर्याउन १०० मिलियन अमेरिकी डलरको 'नेपाल इन्भेष्टमेन्ट फण्ड'को अवधारणा स्विकृत
गरेको छ ।
-
नेपालको समष्टिगत बिकास र नेपालीको आत्मसम्मान बढाउन स्थायी शान्ति अपरिहार्य
छ । तर्सथ गैरआवासीय नेपाली दोस्रो बिश्व सम्मेलन शान्ति बहालीका लागि गरिने सवै
प्रयासलाई र्समर्थन गर्ने र शान्ति प्रकृयाको निरन्तरताका लागि ठोस भुमिका निर्वाह
गर्ने प्रतिवद्धता ब्यक्त गर्दछ ।
-
बैदेशीक रोजगारीबाट नेपालले प्राप्त गरेको ब्रि्रेषण -रेमिटेन्स) अर्थतन्त्रको
मेरुदण्डको रुपमा रहेको स्विकार्दै बैदेशीक रोजगारका सम्वन्धमा यो विश्व सम्मेलनमा
उठेका बिभिन्न समस्यालाई सम्बोधन गर्नका लागि छिटो भन्दा छिटो एक त्रिपक्षिय
कार्यदल गठन गरी सुझाव पेश गर्ने प्रतिवद्धता ब्यक्त गर्दछ ।
-
देशको र्सवाङ्गण्िा विकासकोलागी स्वदेश र विदेशमा रहेका नेपाली महिला तथा युवा
वर्गको सहभागिता अपरिहार्य रहेकालेे आगामी दिनमा यो सञ्जाललाई बिस्तार गर्दै लैजाने
प्रतिवद्धता जाहेर गर्दछ ।
-
विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरु नेपालका अनौपचारिक राजदुतका रुपमा रहेको
पर्रि्रेक्षमा अर्न्तराष्ट्रिय समुदायमा नेपालको छवि उच्च बनाउने दिशामा गैरआवासीय
नेपालीको ठूलो भुमिका रहन्छ । तर्सथ नेपालको छविलाई उच्च पार्दै संस्कृती, पर्यटन
लगायतका क्षेत्र पर््रवर्धन गर्ने प्रतिवद्धता ब्यक्त गरिन्छ ।
-
बैदेशीक रोजगारमा गएका नेपालीहरुको भविष्य सुनिश्चित होस् भन्ने उद्धेश्यका साथ
उनीहरुको आम्दानीको केही अंशलाई दिर्घकालीन लगानी योजना कोषका रुपमा स्थापना गरिनेछ
। यो कोषलाई १० मिलियन अमेरिकी डलरसम्म पुर्याउने लक्ष राखिएको छ ।
-
भौतिक पर्ुवाधारको विकासमा संयुक्त पहलका लागि श्री ५ को सरकार, गैरआवासीय नेपाली
अर्न्तराष्ट्रिय समन्वय परिषद र नेपाल उद्योग बाणिज्य महासंघबीच साझेदारी उपयोग
गरिनेछ ।
-
गैरआवासीय नेपालीमा रहेको ज्ञान/सीपलाई नेपालको बिकासमा उपयोग गर्न 'नलेज बैंक' को
रुपमा उनीहरुको बिश्वब्यापी अभिलेख तयार गरिनेछ ।
-
श्री ५ को सरकार, नेपाल उद्योग बाणिज्य महासंघ, गैरआवासीय नेपाली अन्तर्रर्ााट्रय
समन्वय परिषदले संयुक्त रुपमा सम्वद्ध संघ/संस्थास“ग समन्वय गरी बैदेशीक रोजगारीमा
जानेहरुको दक्षता अभिबृद्धि गर्न 'दक्षता अभिबृद्धि केन्द्र'को स्थापना गर्नेछ ।
-
नेपालमा उत्पादित वस्तुहरुको विदेशमा उपयोग बढाउन गैरआवासीय नेपालीको बिशेष पहल
हुनेछ ।
-
विदेशबाट नेपालमा पैसा -रेमिटेन्स) पठाउ“दा औपचारिक माध्यमबाट पठाउन प्रोत्साहित
गरिनेछ ।
-
स्थानिय समुदाय समेतको सहभागितामा ७५ वटै जिल्लामा शिक्षा र स्वास्थ्य जस्ता
आधारभुत क्षेत्रमा कम्तिमा एक/एक परियोजना संचालन गर्ने प्रतिवद्धता ब्यक्त गरिन्छ
।
-
नेपालमा राष्ट्रियस्तरको र्सार्वजनिक पुस्तकालयको आवश्यकता रहेको कुरालाई हृदयंगम
गर्दै र्सार्वजनिक पुस्तकालय स्थापना गर्ने प्रतिवद्धता ब्यक्त गरिन्छ ।
-
श्री ५ को सरकार तथा नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधि मण्डल बिदेश भ्रमणमा
जा“दा गैरआवासीय नेपाली अन्तर्रर्ााट्रय समन्वय परिषदस“ग समन्वय गरी सम्वन्धित
मुलुकमा बसोबासरत नेपालीलाई पनि प्रतिनिधिमण्डलमा समावेश गर्ने नीति लिइनेछ ।
| (मधुकर सम्शेर जबरा)
|
(चण्डिराज ढकाल)
|
(उपेन्द्र महतो) |
| अर्थमन्त्रि
|
अध्यक्ष, ने. उ. बा. महासंघ |
अध्यक्ष, गैरआवासीय नेपाली
अन्तर्रर्ााट्रय समन्वय परिषद
|
|
|
 |
|